दाँतको क्यान्सरबाट ग्रसित रिमाललाई रानीपौवा महिला समूहको आर्थिक सहयोग

पाेखरा | भदौ ८, २०८१

दाँतको क्यान्सरबाट ग्रसित रिमाललाई रानीपौवा महिला समूहको आर्थिक सहयोग

पोखरा:  सामाजिक क्षेत्रमा क्रियाशिल रानीपौवा महिला समूहले दाँतको क्यान्सरबाट ग्रसित बिरामी गोकुल रिमाललाई आर्थिक सहयोग गरेको छ । 

 

पोखरा महागनगरपालिका ११ स्थित रानीपौवा महिला समूहको अगुवाइमा संकलित ४४ हजार ४ सय ६५ रुपैयाँ रिमालकै निवासमा पुगेर समुहकी सचिव लिलादेवी पौडेल, कोषाध्यक्ष झलक अधिकारी (कोइराला) सहित समुहका सदस्यहरुले हस्तान्तरण गरिन् । 

 

मानवीयता र सामाजिक उत्तरदायित्व बहन गर्दै रिमालको उपचारमा थप सहयोग पुग्ने विश्वाससहित आर्थिक सहयोग गरेको सचिव लिलादेवी पौडेलले बताइन् ।

 

पौडेलका अनुसार महिला समूहमा आबद्ध ७१ जना सदस्य र अन्य व्यक्तिहरुबाट उक्त रकम संकलन भएको थियो ।

 

समूहले न्यूनतम २० रुपैया देखि ५ हजार १ सय ५ रुपैयासम्म प्रति व्यक्तिबाट सहयोग स्वरुप उक्त रकम संकलन गरेको थियो । 

 

बर्दीया स्थायी घर भएका रिमालले विगत डेढ दशकदेखि पोखरामा ट्याक्सी चलाउदै आएका थिए । रिमाल परिवारका अनुसार उनलाई विगत २ महिना अघि मात्र दाँतबाट क्यान्सर रोग लागेको पहिचान भएको थियो । 

 

रिमालको एउटा शल्यकृया भएपनि थप उपचारकालागि करिब ५ लाख रुपैया आवश्यक भएको उनको परिवारले जनाएको छ । ४४ वर्षीया रिमालको श्रीमती र २ छोरी छन् । उनको थप उपचारका लागि परिवारले थप सहयोगको आग्रह गरेको छ ।

 

सामाजिक क्षेत्रमा क्रियाशिल उक्त समुहले यसअघि आँखा शिविर, फेवाताल सरसफाई, ट्राफिक सचेतना, टोल सरसफाई, डेंगू सचेतना अभियान, गाइजात्रा तथा बाह्रभैरव नृत्यमा सहयोग लगायतका कार्यक्रम गरिसकेकोे संस्थाकी अध्यक्ष वेवी श्रेष्ठ (गोंगजु) ले जानकारी दिइन् ।

 

३ वर्ष अघि स्थापना भएको यस संस्था सामाजिक र महिला सशक्तिकरणको क्षेत्रमा निकै क्रियाशिल रहदैं आएको छ ।

मकवानपुरः    मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले  आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् ।   प्रहरीचौकी पदमप...

थप पढ्नुहोस्

पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

थप पढ्नुहोस्

कञ्चनपुरः  बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आउनुभएको छ । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा आरन सञ्चालन गर्दै उहाँल...

थप पढ्नुहोस्